२५ फागुनमा नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ

२५ फागुनमा नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ



काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २५ फागुनमा हुने भएको छ ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार २५ फागुन दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।

शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।

राष्ट्रिय सभाको निर्वाचन गत १९ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।