सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुगेका छन् ।
थापा सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । काठमाडौं ४ का मतदाता रहेका थापा त्यहाँ मतदान सकेर हेलिकोप्टरमार्फत बिहीबार दिउँसो सर्लाही आइपुगेका हुन् ।
थापाले सर्लाही आएर आफ्नो निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुको निरीक्षण गरिरहेका छन् ।


प्रतिक्रिया