काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत आज सम्पन्न मतदानमा काठमाडौंमा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बेलुकी ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए । खसेको मतको यकिन हुन केही समय लाग्ने उनको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृत खड्काले अबको झन्डै २ घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने बताए ।


प्रतिक्रिया