काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न भएको बताउँदै उनले सरकारलाई धन्यवाद दिएका हुन् ।
जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन सबै आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको उनले बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी,सहभागी राजनीतिक दलहरू नागरिक समाज एवम संपुर्ण मतदाताहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’


प्रतिक्रिया