काठमाडौं ३ को मतगणना शुरु, अरूमा क्षेत्रमा पनि तयारी

काठमाडौं ३ को मतगणना शुरु, अरूमा क्षेत्रमा पनि तयारी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना शुरु भएको छ ।

कागेश्वरी मनहरा नगरपालिकाको वडा नम्बर १ र २ का बुथबाट गणना शुरु भएको हो । काठमाडौं ४ को गणना भने राति १२ बजेबाट शुरु गर्ने तयारी छ ।

क्षेत्र नम्बर १ को पनि केहीबेरमा गणना थालिने जनाइएको छ । भक्तपुर २ पनि राति नै गणना थाल्ने तयारी छ ।