सुनसरी-१ मा गोमा तामाङलाई पछि पार्दै हर्क साम्पाङको अग्रता

सुनसरी-१ मा गोमा तामाङलाई पछि पार्दै हर्क साम्पाङको अग्रता



काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङसँग मत गणनामा लगातार पछाडि रहेका साम्पाङले अग्रता बनाएका हुन् । उनले ३ हजार ३४७ मत ल्याउँदा रास्वपाकी तामाङले ३ हजार ६२ मत पाएकी छन् ।

नेकपा उम्मेदवार सूर्यबहादुर भट्टराईले ७९२ मत, कांग्रेसका सुजेन्द्र तामाङले ६५४ मत र एमालेका टीकाराम लिम्बुले ५१५ मत ल्याएका छन् ।