सुर्खेत-१ मा कांग्रेसका विष्णु खड्का विजयी

सुर्खेत-१ मा कांग्रेसका विष्णु खड्का विजयी


ग्लोब नेपाल
702
Shares

सुर्खेत । सुर्खेत–१ बाट कांग्रेसका विष्णुबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खड्का २६ हजार ८ सय ९७ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८ सय ९० मत पाए ।

रास्वपाका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत ल्याएर तेश्रो तथा २ हजार ८ सय २८ मतसहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का जितबहादुर राना चौथो भए ।