काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकामा क्लिनस्विप गरेको छ ।
काठमाडौंका १० सहित ललितपुरका ३ र भक्तपुरका २ गरी १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।
पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल ३९ हजार ४ सय ९१ मतसहित विजयी भए ।
काठमाडौं क्षेत्र नं १ मा रास्वपाकी रन्जु न्यौपाने (दर्शना), २ मा रास्वपाका सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, त्यसैगरी काठमाडौं क्षेत्र नं ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र काठमाडौंको क्षेत्र नं १० मा (रास्वपा) कै प्रदीप विष्ट निर्वाचित भए ।
त्यस्तै ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जन, ललितपुर–२ बाट जगदीश खरेल, ललितपुर–३ बाट रास्वपाकी डा.तोसिमा कार्की विजयी भएको हुन् ।
यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकट क्षेत्र मानिने भक्तपुर १ र २ मा रास्वपाका उम्मेदवार विजयी हुँदा नेमकिपाले पुरानो विराशत जोगाउन सकेन ।
२०४८ सालदेखि भक्तपुर–१ नेमकिपा, कांग्रेस र एमालेले जित्दै आएका थिए । यो क्षेत्रमा रास्वपाका रुकेश रञ्जित र भक्तपुर–२ मा राजीव खत्री विजयी भएका छन् ।


प्रतिक्रिया