तेहरान । इरानमा नयाँ सर्वाेच्च नेता चयन भएको दाबी गरिएको छ । इरानको एसेम्बली अफ एक्सपर्ट्सका सदस्य अहमद आलामोलहोदाले नयाँ नेताको चयन प्रक्रिया सम्पन्न भइसकेको बताएका छन् ।
अर्ध–सरकारी मेहर समाचार एजेन्सीका अनुसार आलामोलहोदाले सर्वाेच्च नेताको चुनाव भइसकेको र नयाँ नेता चयन गरिएको बताएका हुन् । तर औपचारिक घोषणा भने अझै गरिएको छैन । उनका अनुसार अब निर्णय सार्वजनिक गर्ने जिम्मेवारी एसेम्बली अफ एक्सपर्ट्सको सचिवालय प्रमुख होसेनी बुशेहरीमाथि रहेको छ ।
बुशेहरीले औपचारिक रूपमा घोषणा गरेपछि मात्र नयाँ सर्वोच्च नेताको नाम सार्वजनिक हुने अपेक्षा गरिएको छ । इरानमा सर्वोच्च नेता देशको सबैभन्दा शक्तिशाली पद मानिन्छ । एसेम्बली अफ एक्सपर्ट्स नामक धार्मिक परिषद्ले सर्वोच्च नेताको चयन गर्ने संवैधानिक अधिकार राख्छ ।


प्रतिक्रिया