काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावकाे समानुपातिकतर्फ ७५ लाखभन्दा धेरै मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै आधा मत पाएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ ७६ लाख १२ हजार ७६२ मतगणना भएको छ ।
यसमध्ये रास्वपाले साढे ४८ प्रतिशत अर्थात् ३६ लाख ४४ हजार ४०२ मत मत पाएको छ ।
नेपाली कांग्रेसले १२ लाख २८ हजार ९२५, नेकपा एमालेले १० लाख ३८ हजार ३३५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ३३ हजार ७०३ मत पाएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ५६ हजार ८३८ मत ल्याउँदा श्रम संस्कृति पार्टीले २ लाख ३९ हजार १० मत पाएका छ ।
प्रतिनिधिसभा चुनावमा झन्डै १ करोड १० लाख मत खसेको थियो ।


प्रतिक्रिया