काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा थप १ प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको छ । यससँगै, कारोबार अब ४० मिनेटपछि मात्रै खुल्ने छ । दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक २८४८ दशमलव २२ अंकमा पुगेको छ । यो बेलासम्म बजार १३५ अंक बढेको हो । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया