राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालिका गुग्लिएल्मो एरेना नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राई र एरेनाले नियुक्ति पत्रमा हस्ताक्षर गरेका छन् । उनीसँगको सम्झौताबारे एन्फाले खुलाएको छैन ।

एरेनाको पहिलो जिम्मेवारी मार्च २६ मा दशरथ रंगशालामा हुने नेपाल र हङकङबीचको खेलबाट हुने एन्फाले जनाएको छ ।

५२ वर्षिय एरेनाले यसअघि लाओसको राष्ट्रिय टिममा काम गरेका थिए । इटालियन प्रशिक्षक एरेना एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । पछिल्लो समय उनले मोरक्कोको क्लब मग्रेब फेजको प्रशिक्षण सम्हालेका थिए ।