काठमाडौं । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । उपभोक्ताको लाइन र ग्यासको माग बढेपछि नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हाे ।
बजारमा पछिल्लो दुई महिनादेखि ग्यास पाउन सहज नभएको अवस्थामा पछिल्लो पटक पश्चिम एशियामा बढ्दो द्वन्द्वले उपभोक्ताले ग्यासको सञ्चय गर्दा समस्या भएको निगमको दाबी छ ।
निगमले ग्यासको तौल घटाएर मूल्य पनि घटाएको छ । “ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर आधार मूल्य (रु ९५५) मा विक्री वितरण गर्ने निर्णय भएको…,” निगमले भनेको छ ।
भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको भन्दै निगमले यस्तो जनाएको हो ।



प्रतिक्रिया