म्याग्दी । निर्माण भएको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले परिक्षण उत्पादन शुरू गरेको छ । रघुगङ्गा गाउँपालिका वडा नम्बर ७ मा निर्मित साढे २२ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले परिक्षण उत्पादन शुरू गरेको आयोजना प्रमुख शिवसागर यादवले जानकारी दिए ।
ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको निर्माण कार्य २०७८ सालमा शुरू भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेको छ । यो आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो ।
फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १ सय ३२ केभी क्षमताको प्रशारण लाइन निर्माण गरिएको छ । तीन अर्ब रुपैयाँ लागत अनुमान् रहेको आयोजनामा बैंकको ७० प्रतिशत ऋण र प्रवद्र्धकको १० प्रतिशत लगानी र ० प्रतिशत लगानी शेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । राहुघाट र सहायक नदीमा यसअघि तीन वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् ।


प्रतिक्रिया