काठमाडौं । समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ । दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो ।
त्यसैगरी, श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ ।
आयोग दलहरुलाई तीन दिनभित्र नाम पेश गर्न म्याद पनि दिएको छ ।



प्रतिक्रिया