बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ । एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको सिगास गाउँपालिका–७ सल्याडीमा बस्ने बझाङको बित्थडचिर गाउँपालिका–९ स्थायी घर भएकी सरस्वती रावल बिहीबार बिहान करिब साढे १० बजेतिर घर नजिकैको भीरबाट लड्दा घटनास्थलमै मृत्यु भएकी हुन्। स्थानीय सुर्य बोहराले जानकारी दिए ।
यसैबिच, झुलाघाटस्थित महाकाली नदी किनारमा दशरथचन्द नगरपालिका–८ माइतीघरकी करिब ३८ वर्षीया दीपा महरको शव बिहान करिब ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार महरका श्रीमान् रोजगारीका लागि भारतको दिल्लीमा बस्दै आएका छन् । महर यसै महिनाको २२ गते माइतीघर आएकी थिइन् । बुधबार श्रीमान् भारत जाने भन्दै घरबाट हिँडेकी उनी बिहीबार बिहान नदी किनारमा मृत फेला परेकी हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।


प्रतिक्रिया