नेकपा संयोजक प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच कुराकानी

नेकपा संयोजक प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच कुराकानी



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच कुराकानी भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले राम्रो नतिजा ल्याएपछि लामिछानेलाई बधाई दिन प्रचण्डले फोन गरेका उनको सचिवालयले जनाएको छ ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले चुनावी नतिजालाई लिएर दुवै शीर्षस्थ नेताबीच फोनमा कुराकानी भएको बताए ।