कांग्रेसले समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने

कांग्रेसले समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने



काठमाडौं । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ । बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको एक नेताले बताए ।

उनका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन । क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर आयोगमा नाम बुझाउने तयारी गरेको बताइएकाे छ ।

अहिले आफूहरू समानुपातिकतर्फ आयोगमा बुझाउने नामबारे गृहकार्यमा केन्द्रित रहेको बताए । प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर २० सीट पाएको छ ।