काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम आइतबार मात्रै पठाउने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा परेपछि पार्टीका सबै नेता पशुपति आर्यघाटमा पुगेका कारण निर्वाचन आयोगले पठाएको पत्र पनि हालसम्म कसैले बुझेको छैन ।
एमालेका एक नेताका अनुसार पार्टी अध्यक्ष शोकमा परेको अवस्थामा पत्र आएकै रहेछ भने पनि आज र भोलि केही कुरा नहुने, तर आइतबारसम्म पठाउन सकिने अवस्था छ ।


प्रतिक्रिया