काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीमा प्राप्त अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ ।
समितिले ती उजुरीहरूबारे आवश्यक छानबिन र प्रक्रियागत अध्ययन अघि बढाउने जनाएको छ ।
त्यसैगरी बैठकले अनुशासन समितिको कार्यविधि–२०८२ अनुसार केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया