सुरक्षित रूपमा नेपाल फर्कन आवेदन दिन कतारस्थित नेपाली दूतावासको आग्रह

सुरक्षित रूपमा नेपाल फर्कन आवेदन दिन कतारस्थित नेपाली दूतावासको आग्रह


ग्लोब नेपाल
540
Shares

काठमाडौँ। कतारमा रहेका नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्कन आवेदन दिन कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले शनिबार सूचना जारी गर्दै भनिएको छ कि वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल आउन ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्नुपर्नेछ।

यसका लागि एजदान मल (अल घराफ) स्थित भिसा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ।