काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको इयू टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित कुल ८ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका हुन् ।
दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि–साइन गरेको थियो भने सन्दीप लामिछानेले पनि लियेज रेड लायन्समा प्रि–साइन गरेका थिए । रोहितसहित अन्य ४ खेलाडी हिजो भएको ‘ड्राफ्ट’बाट विभिन्न टोलीमा अनुबन्ध भएका छन् भने अनिल साह र गुल्शन झा अप्सनल राउन्डबाट छानिएका छन् ।
प्रि–साइन र ड्राफ्ट भइसकेका खेलाडीबाहेक नाम दर्ता गराएकामा कुशल भुर्तेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदित्य महता, शेर मल्ल, लोकेश बम, विनोद भण्डारी, शरद भेषावकर, आदिल आलम, सन्तोष यादव, कुशल मल्ल, भीम सार्की, शाहब आलम, गुल्शन झा र पवन सर्राफ रहेका छन् । ललित, आसिफ र इशानको नेपालबाहिर खेल्ने लिगको यो पहिलो अनुभव हुनेछ ।


प्रतिक्रिया