शपथ समारोहमा पूर्वप्रधानमन्त्री ओली अनुपस्थित

शपथ समारोहमा पूर्वप्रधानमन्त्री ओली अनुपस्थित



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । अरू केही पूर्वप्रधानमन्त्रीहरू भने सहभागी भए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी थिए । त्यस्तै अन्तरिम सरकारका प्रमुख सुशीला कार्की, पूर्वराष्ट्रपति डा. रामवरण यादव, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी भए ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा छन् ।

ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको सचिवालयलाई गराएका थिए । पिता मोहनप्रसादको आशौच बारेका ओली हाल सेतो वस्त्रमा छन् ।

उनले सोही कारण आफू उपस्थित नहुने जानकारी गराएका राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ ।