काठमाडौं । हिजो बढेको शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ७३ अंकले घटेर २ हजार ७७६ दशमलव ३६ विन्दुमा झरेको छ ।
आज सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक ५ दशमलव २६, व्यापार समूहको सूचक झन्डै ४ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, फाइनान्स समूहको सूचक ३ प्रतिशतले घटेको छ । आज २५५ वटा कम्पनीको शेयर घटेकोमा १३ वटाको बढेको छ ।
आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै ९ दशमलव ८४ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इनको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीका ३ करोड २ लाख कित्ता शेयर १२ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया