आयल निगमलाई १५ दिनमा १७ अर्ब घाटा लाग्यो : मन्त्री खनाल

आयल निगमलाई १५ दिनमा १७ अर्ब घाटा लाग्यो : मन्त्री खनाल



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल आयल निगम चरम घाटामा रहेको जानकारी दिएका छन् । संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले पेट्रोलियम पदार्थको भाउ आकाशिएसँगै निगमको घाटा पनि चुलिएको बताएका हुन् ।

उनका अनुसार पछिल्लो १५ दिनमा निगमको घाटा १७ अर्ब नाघेको छ । उनले उच्च मूल्यमा खरिद गरेर ल्याए पनि जनतालाई कम मूल्यमै दिनुपर्ने बाध्यताका कारण सञ्चित कोष रित्तिँदै गएको बताए ।

मन्त्री खनालले कम इन्धन खपत गर्न हप्तामा दुई दिन बिदा दिने सरकारले निर्णय गरेको बताए । खाडीमा युद्ध लम्बिँदै गए नेपालमा हरेक उपभोग्य वस्तुको मूल्य आकाशिने बताउँदै उनले त्यसको असर रेमिट्यान्समा पनि पर्ने बताए ।