कोसी र गण्डकीको थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

कोसी र गण्डकीको थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।

हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

राति, कोसी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।