काठमाडौं । इरान र अमेरिकाबीच पहिलो चरणको शाान्ति वार्ता सकियो । यस अघि हिजो दिउँसोदेखि चलेको वार्ताको पहिलो चरण सकिएको बीबीसीले जनाएको छ ।
पहिलो चरणको वार्तामा भएका विषयहरूलाई अहिले गोप्य राखिएको खबरमा उल्लेख छ । हिजो दिउँसोदेखि शुरु भएको वार्ता रातभर चलेको छ ।
अझै सहमति हुने वा अर्को चरणमा जाने भन्ने विषय स्पष्ट भइसकेको छैन । दुवै पक्षले आ–आफ्नो अडानलाई बलियोसँग प्रस्तुत गरेका कारण वार्तामा के कति प्रगति भयो भन्नेबारे सार्वजनिक भइनसकेको बीबीसीले उल्लेख गरेको छ ।
मध्यपूर्वमा चलिरहेको युद्ध अन्त्यका लागि इरान र अमेरिकाबीच इस्लामावादमा पाकिस्तानको मध्यस्थतामा चलिरहेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेका छन् ।
दुई देशबीचको यो संवादलाई क्षेत्रीय शान्ति स्थापनाका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसअघि हिजो पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले इस्लामावादमा शान्ति वार्ता शुरु भएको पुष्टि गरेको थियो ।
मध्यपूर्वमा बढ्दो तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न यो वार्ताले ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । वार्ताअघि पाकिस्तानका प्रधानमन्त्री सरिफसँग इरानी र अमेरिकी प्रतिनिधिमण्डलले पालैपालो भेट गरेको थियो ।
वार्ताको मुख्य विषयमा इरानको परमाणु कार्यक्रम, हर्मुज जलमार्ग, लेबनान तनाब लगायत मुद्दा समावेश छन् ।
यसैबीच अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’शुरू गरेको र इरानसँगको युद्ध शुरू भएयता पहिलो पटक हर्मुज मार्ग हुँदै दुईवटा अमेरिकी युद्धपोतहरू पार भएका दावी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसामाजिक सञ्जाल ट्रुथ सोसलमार्फतयुद्धमा इरानले ‘ठूलो घाटा व्यहोरेको’पनि उल्लेख गरेका छन् ।
राष्ट्रपति ट्रम्पले रणनीतिक हमुज मार्गमाइरानी विस्फोटक पदार्थहरू बिच्छ्याइएका कारण विश्वको कच्चा तेलको झण्डै २० प्रतिशत ढुवानी हुने यस मार्गमा अझै पनि खतरा रहेको स्वीकार गरेका छन् ।


प्रतिक्रिया