काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले युट्युवर रोशन पोखरेललाई तत्काल रिहा गर्न माग गरेको छ । अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक भन्दै जेन-जी मुभमेन्टले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।
‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, अधिनायकवादतर्फ नजाऊ’ भन्दै प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो ।’
प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले विगतमा ‘सिंहदरबार जलाउने’, तत्कालीन प्रधानमन्त्रीलाई ‘आतंककारी’ को संज्ञा दिएको भन्दै यदि बोलेको आधारमा कारबाही गर्ने हो भने बालेन शाहलाई किन पक्राउ नगर्ने ? भनि जेन-जी मुभमेन्टले प्रश्न गरेको छ ।
प्रधानमन्त्री शाहलाई गालीगलौज गरेर कन्टेन्ट बनाएको भन्दै पाँचथरमा युट्युवर रोशन पोखरेललाई पक्राउ गरिएको छ ।



प्रतिक्रिया