कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते

कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ । पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले निर्वाचन तालिका भने वैशाख २ गते आउने बताए ।

कांग्रेसमा दलको नेता चयनका लागि सहमतिको प्रयास पनि जारी छ । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा पनि जाने र लोकतान्त्रिक विधि पद्दतिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन गरिने कांग्रेसको तयारी छ ।

कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत सांसदले प्रयास गरिरहेका छन् ।

यसपालि प्रतिनिधिसभामा सहभागी ६ दलमध्ये पाँचवटाले संसदीय दलको नेता टुंगो लगाइसकेका छन् । संसदीय दलको नेता टुंगो लगाउन कांग्रेस मात्र बाँकी हो ।