काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई पत्र लेखेर एमआरआई, सीटी स्क्यान, क्याथ ल्याब र पेट सीटी लगायत उपकरण चले/नचलेकोबारे विवरण माग गरेको छ ।
मन्त्रालयले पत्राचार गरेर अस्पतालका स्वास्थ्य उपकरणहरू कुन हालतमा छन् भन्ने जानकारीसहितको प्रतिवेदन १० दिनभित्र बुझाउन भनेको हो । मन्त्रालयले देशभरिका अस्पतालबाट यस्तो विवरण माग्ने निर्णय गरेको थियो ।
प्रतिवेदनमा अन्य सुझावहरू केही छन् भने पनि पठाउन मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया