राजेन्द्र बजगाईँले गरे कांग्रेस छोड्ने घोषणा

राजेन्द्र बजगाईँले गरे कांग्रेस छोड्ने घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टी छोड्ने घोषणा गरेका छन् ।

बजगाईँले सामाजिक सञ्जाल एक्समा आफूले पार्टी छोडेको घोषणा गरेका हुन् उनले लेखेका छन् अन्ततः कांग्रेसमा बसिएन नेता बजगाईँले किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति खेत पनि व्यक्त गरेका छन् ।

सदस्यता पुनस्थापन गर्ने निर्णयको औचित्य नभएको उनले बताएका छन् । उनले कांग्रेस विचलित मानसिकताले ग्रस्त मानिसहरूको भिडको पार्टी बनेको पनि आरोप लगाएका छन् ।

कांग्रेसका नेताहरूलाई बजगाईँले संस्कार इतिहास र प्रगति पथ अनिश्चिततामा हराएकाहरूको भीड भनेका छन् ।