काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । यही बुधबार बिहान ११ बजे पार्टी मुख्यालयमा बैठक बस्ने सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।
यसअघि आजै पूर्णबहादुर खड्काले कावा सभापतिकै हैसियतमा विज्ञप्ति निकाल्दै १५ औँ महाधिवेशनका लागि वितरण र नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गरिएको र पुन:नयाँ सदस्यता लिने निर्णयमा आपत्ति जनाएका थिए ।
खड्काले कुनै नेताले आवेग वा उत्तेजनामा भाषण गरेकै भरमा सदस्यता खारेज हुन नसक्ने भन्दै पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न गगन पक्षलाई चेतावनी दिएका छन् ।
बुधबार २ बजे नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ ।


प्रतिक्रिया