काठमाडौं । सरकारले जेनजी आन्दोलनमा सुरक्षा संयन्त्रको विषयमा अध्ययनका लागि समिति बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा संयन्त्रबारे अध्ययनका लागि छुट्टै समिति बनाएको हो ।
जेनजी आन्दोलन जाँचबुझ आयोगले सुरक्षा संयन्त्रको हकमा छुट्टै समिति बनाएर अध्ययन गर्न सिफारिस गरेको थियो । उक्त सिफारिस कार्यान्वयनका लागि उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको हो ।
समितिमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया