काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका मन्त्री र सांसदसँग लेबी संकलन गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेबी प्रस्ताव पारित गरेको हो ।
रास्वपाको संसदीय दलको बैठकले पारित गरेको प्रस्तावअनुसार सांसदले १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ ।
आज बसेको संसदीय बैठकले मन्त्रीका स्वकीयले २ हजार रुपैयाँ लेबी बुझाउनु निर्णय गरेको छ । अहिले सांसदले स्वकीय राख्ने निर्णय भइसकेको छैन ।
संसदले उक्त निर्णय गरेमा यो निर्णय सांसदका स्वकीयको हकमा पनि लागू हुनेछ ।


प्रतिक्रिया