काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुनेछ । शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई–दुई पटक आपसमा भिड्ने तालिका छ ।
पहिलो म्याचमा नेपाल र यूएई प्रतिस्पर्धामा उत्रिनेछन् । दोस्रो म्याच ओमान र यूएईबीच २७ अप्रिलमा हुनेछ । यस्तै २९ अप्रिलमा नेपाल र ओमान, मे १ मा नेपाल र यूएई तथा ३ मेमा यूएई र ओमान भिड्नेछन् ।
अन्तिम म्याच ५ मेमा नेपाल र यूएईबीच हुने छ । टोलीमा विनोद भण्डारीले कमब्याक गरेका छन् भने अर्जुन कुमालले पहिलोपटक स्थान बनाएका छन् । दुबैले जारी प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।



प्रतिक्रिया