बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख

बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख



काठमाडौं । सभामुख डीपी अर्यालले संसद्मा पारदर्शिता र पहुँच विस्तार गर्न आफू गम्भीर रहेको बताएका छन् । शुक्रबार पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै सभामुख अर्यालले संसदीय गतिविधि र समितिहरूमा सञ्चारकर्मीहरूको सहज पहुँच सुनिश्चित गर्ने दिशामा काम भइरहेको बताए ।

उनले भने, ‘म अहिले पनि सजिलै एक्सेस हुने मान्छे हुँ, मलाई यहाँहरूले गर्नुभएको फोन ८०र९० प्रतिशत भन्दा माथिको उठेकै होला ।’

हाल प्रयोगमा रहेको अस्थायी संसद् भवनका कारण विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू भइरहेको स्वीकार गर्दै ती समस्या क्रमशः समाधान गरिने बताए । राष्ट्रपति आगमनजस्ता उच्चस्तरीय कार्यक्रममा समेत संरचनागत सीमितताका कारण असहजता भएको बताए ।

प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयार भइरहेको भन्दै नियमावली निर्माणमा सबैको सहभागिता र जानकारी आवश्यक रहेको बताए ।