काठमाडौं । करिब १२ वर्षको बसाइपछि अमेरिकी सेनाले सिरिया छोडेको छ । अमेरिकाले आफ्ना सबै सेना निकालेर सिरियामा रहेका अमेरिकी सैन्य अड्डा खाली गरेको हो ।
अप्रिल २०२६ मा हसाकास्थित कसराक एयरबेसबाट अमेरिकी सेनाको अन्तिम टोली निस्किएसँगै सिरियाबाट सम्पूर्ण रूपमा अमेरिकी सेना बाहिर गएको हो ।
सिरियाको विदेश मन्त्रालयले यो कदम देशलाई एकजुट बनाउने र पूरै इलाकामाथि सरकारको नियन्त्रण कायम गर्ने दिशामा यो एक महत्त्वपूर्ण मोड भएको बताएको छ । अमेरिकी सेन्ट्रल कमान्डले करिब २ हजार सैनिक जोर्डन जाँदै गरेको पुष्टि गरेको छ ।
अमेरिकाले हसाका, रुमैलान र देइर एज–जोरमा रहेका कम्तीमा सातवटा ठूला सैन्य क्याम्प खाली गरेको हो । अन्तिम सैनिक बेस कसराक एयरबेस थियो । जसमा अब सिरियाली सेनाको नियन्त्रण कायम भएको छ ।


प्रतिक्रिया