काठमाडौं । भारत विश्वका ठूलो अर्थतन्त्र भएको देशको सूचीको छैटौं स्थानमा झरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा भारत चौथोबाट छैटौं नम्बरमा झरेको हो ।
अहिले ठूलो अर्थतन्त्रको सूचीमा अमेरिका पहिलो स्थानमा कायमै छ । द इकोनोमिक टाइम्सका अनुसार अमेरिकी अर्थतन्त्र झन्डै ३१० खर्ब डलरको छ । दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र २०० खर्ब डलरभन्दा बढी छ । तेस्रोमा जर्मनी, चौथोमा जापान र पाँचौँमा बेलायत छन् ।
सन् २०२९ सम्ममा भारतले जापानलाई उछिनेर तेस्रो नम्बरमा आउने अनुमान थियो । तर त्यसअघि नै जापानलाई पछि पार्दै जर्मनी तेस्रो स्थानमा आएको छ ।
आईएमएफका अनुसार अमेरिकी डलरको तुलनामा भारु कमजोर भएकोले भारतको जीडीपीमा असर परेको हो । यस्तै भारतले जीडीपीको आधार वर्ष संशोधन गरेकाले पनि गिरावट देखिएको छ ।
आईएमएफले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ ।


प्रतिक्रिया