लालीबजार प्रदर्शन रोक्न अदालतमा रिट

लालीबजार प्रदर्शन रोक्न अदालतमा रिट



काठमाडौँ । आगामी शुक्रवार प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर भएको छ । सोमबार उच्च अदालत पाटनमा रिट दायर भएको हो ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । अदालतले आजलाई यो मुद्दामा पेशी तोकेको छ । यस चलचित्रलाई निर्देशक यम थापाले निर्देशन गरेका हुन् ।