काठमाडौं । सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी रहेको दाबी गर्दै त्यसको खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले आयोग खारेज गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ ।
रिट निवेदनमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि पहिल्यै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत राज्यका नियमित निकायहरू विद्यमान रहेको उल्लेख गरिएको छ ।
ती निकायहरूको कार्यक्षेत्रसँग जुध्ने गरी समानान्तर रूपमा नयाँ आयोग गठन गरिएको भन्दै निवेदकले त्यसको वैधानिकतामाथि प्रश्न उठाएका छन् । यसै आधारमा आयोग गठनको निर्णय खारेज गर्न सर्वोच्च अदालतसँग माग गरिएको छ ।


प्रतिक्रिया