सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध

सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध

किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइने


ग्लोब नेपाल
162
Shares

काठमाडौँ। पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । बिहीबार भएको सहमतिमा सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइने भएको छ ।

यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न ३ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषद्को सदस्य थिए । तर, सो पार्टीपनि उनले परित्याग गरेका थिए ।