प्रशिक्षणमा आएनन् सबै सांसद, मूल्यांकन गर्ने रास्वपाको चेतावनी

प्रशिक्षणमा आएनन् सबै सांसद, मूल्यांकन गर्ने रास्वपाको चेतावनी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको प्रशिक्षण कार्यक्रममा सबै सांसद उपस्थित नभएको भन्दै त्यसको मूल्यांकन गरिने बताएका छन् ।

सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताले कामको मूल्यांकन गर्न थालिसकेको भन्दै सांसदहरूलाई जिम्मेवार र जनमुखी बन्न आग्रह गरे । उनले पार्टीको बाचापत्र, सरकारका सय प्राथमिकता र जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद आवश्यक रहेको बताए ।

पराजुलीले प्रशिक्षण कार्यक्रम औपचारिक मात्रै नभई आत्ममूल्यांकन, सिकाइ र राजनीतिक संस्कार निर्माणको अवसर भएको उल्लेख गरे । उनले भने, ‘११ बजेबाट कार्यक्रम सुरु हुने जानकारी निरन्तर दिइएको थियो । तर सबै सांसद यहाँ उपस्थित भएको देखेको छैन । आफ्ना अन्य कामलाई प्राथमिकता दिनु संसदीय भूमिकाबाट विमुख हुने प्रयासजस्तो पार्टीले महसुस गर्छ। यी विषयलाई पार्टीले मूल्यांकन गर्नेछ ।’