प्रधानमन्त्रीको राजीनामाको माग गर्दै संसद बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामाको माग गर्दै संसद बैठक अवरुद्ध

बाहिरियो श्रम संस्कृति पार्टी


ग्लोब नेपाल
324
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दै विपक्ष दलका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरूले आपत्ति जनाइरहेका छन् । यसैबीच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ ।

संसद् बैठक १५ मिनेटका लागि स्थगित
सभामुख डिपी अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।