काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन्छन् कि दिँदैनन भन्ने अन्यौलनका कायमै छ । यहीबीच संघीय संसद ससचिवालयले बालेनले जवाफ दिने सम्भावित कार्यसूची तयार पारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत २८ वैशाखमा संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि बुधबार छलफल सकेर बुधबारै छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भनिएको थियो । तर, प्रधानमन्त्री शाह बैठकमा आएनन् ।
उनले जवाफका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अह्राए र त्यसबारे सभामुख डोलप्रसाद अर्यल (डिपी) लाई जानकारी गराए । जब सभामुखले प्रधानमन्त्री बैठकमा नआउने र उनका तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने जानकारी संसद बैठकलाई दिए तब सबै विपक्षीले एक भएर विरोध गरे ।
बैठक पटकपटक बस्ने र स्थगित हुने क्रम चल्यो । अन्ततः सभामुख अर्यालले बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरे । विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदको अवमूल्यन गरेको आरोप लगाएका छन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले त बुधबारको बैठक नै बहिस्कार गरेको थियो ।
संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको जवाफपछि आजै नीति तथा कार्यक्रममाथि पारित गर्ने उल्लेख छ ।


प्रतिक्रिया