अमरनाथ यात्रामा गएका भारतीय तीर्थयात्रीको सर्पदंशबाट मृत्यु

अमरनाथ यात्रामा गएका भारतीय तीर्थयात्रीको सर्पदंशबाट मृत्यु


ग्लोब नेपाल
135
Shares

अयाेध्या । भारतको जम्मू-कश्मीरमा जारी अमरनाथ यात्राका क्रममा उत्तर प्रदेशका एक तीर्थयात्रीको सर्पदंशबाट मृत्यु भएको छ। उत्तर प्रदेशको कानपुर नगरस्थित रामकृष्ण नगर निवासी ४२ वर्षीय अमित कुमारका रूपमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शनिबार मध्यराति करिब २ः३० बजे जम्मूको भगवती नगरस्थित मुख्य यात्री निवास नजिक फुटपाथमा सुतिरहेका बेला उनलाई सर्पले टोकेको थियो। सँगै रहेका तीर्थयात्रीहरूले तत्काल उपचारका लागि सरकारी मेडिकल कलेज तथा अस्पताल (जीएमसी) जम्मू पुर्‍याएका थिए।

चिकित्सकहरूले उपचारका लागि हरसम्भव प्रयास गरे पनि उनको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएपछि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकका साथी राजेश शुक्लासहित अन्य तीर्थयात्री पनि अस्पतालमा रहेका थिए।

अस्पताल प्रशासनका अनुसार शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आइतबार साँझ करिब ५ बजे आफन्त तथा सँगै आएका तीर्थयात्रीलाई बुझाइएको छ।