काठमाडौं । आत्मदाहको प्रयास गरेका उद्योगी अस्मिनकुमार राउतको निधन भएकाे छ । आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।
श्रीमती र छोरासँगै बस्दै आएका राउतले कोही नभएको अवस्थामा शनिबार विहान ७ बजे आत्मदाहको प्रयास गरेको पारिवारिक स्रोतले जानकारी दिएका छ ।
६० प्रतिशत जलेको अवस्थामा उनलाई उद्दार गरी अस्पताल पु-याइएको उनका भाइ दिपक राउतले जानकारी दिए ।
केही समयअघि भारतमा उपचार गराएर फर्केका उनी स्वास्थ उपचार पछि ‘बेड रेस्ट’मा थिए । उनले आत्मदाहको प्रयास गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।
निर्माण व्यवसायी समेत रहेका राउतले लामो समयदेखि सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि सञ्चालन गर्दै आएका छन् । उनले दिब्यश्री ट्रेड कन्सर्न प्रालिका नामका व्यवसायिक संस्था पनि सञ्चालन गर्छन् । हेटौंडामा रहेको सुपर वायरले तार जाली उत्पादन गर्छ भने दिब्यश्री ट्रेड कन्सर्नले निओन ब्राण्डका होम एप्लायन्सेसको नेपालका आधिकारिक विक्रेताका कार्य गर्दै आएको छ ।


प्रतिक्रिया