बुधबारदेखि उपभोक्ताले पूरा सिलिन्डर पाउने, मूल्य २०६० पर्ने

बुधबारदेखि उपभोक्ताले पूरा सिलिन्डर पाउने, मूल्य २०६० पर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौ । उपभोक्ताले भोलि बुधबारबाट फुल सिलिन्डर ग्याँस पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा सहज भएको भन्दै भोलीवाट उपभोक्तालाई पुरा सिलिन्डर दिन लागिएको हो ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ केजी क्षमताको ग्याँस सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भइरहेको लोडिरिङ अवस्थामा उल्लेखनीय सुधार आएपछि यो निर्णय लिइएको उसको भनाई छ  । भोलिबाट बजारमा उपलब्ध हुने पूर्ण क्षमताको १४‍.२ केजी ग्याँस सिलिन्डरको पूरा मूल्य भने २ हजार ६० रुपैयाँ तोकिएको छ ।

इरान-अमेरिकाबीच युद्द चर्किए पछि सरकारले केही समयदेखि आधा सिलिन्डर मात्रै बिक्री गर्दै आएको थियो ।