सम्भवतः कसैले नतोड्ला एम्बाप्पेको कीर्तिमान !

सम्भवतः कसैले नतोड्ला एम्बाप्पेको कीर्तिमान !


ग्लोब नेपाल
243
Shares

फ्रान्सका किलियन एम्बाप्पेले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् । आज सम्पन्न इङ्गल्याण्डविरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको इतिहास बनाएका हुन् ।

भर्खरै सम्पन्न खेलसँगै विश्वकपमा कुल गोल संख्या २२ पुर्‍याएसँगै एम्बाप्पे विश्वकपको ९६ बर्षे इतिहासमा सर्वाधिक गोलकर्ता बनेर इतिहास रेकर्ड गराएका हुन । 

उनले यो विश्वकपमा पनि सर्बाधिक १० गोल गरेर ‘गोल्डेन बुट’का दाबेदार भएका छन। समग्रमा २२ गोल र जारी विश्वकपमा १० गोल गरेसँगै उनले अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सीलाई पछि पारेका छन । 

मेस्सीले समग्रमा २१ गोल र जारी विश्वकपमा सर्बाधिक ८ गोल गरेर एम्बाप्पे भन्दा एककदम पछि रहेका छन। आज राती हुने विश्वकप फाइनलमा २ गोल नगरेमा मेस्सी सदाका लागि एम्बाप्पेको रेकर्ड भन्दा पछि रहने छन् । विश्वकप इतिहासमा एम्बाप्पेले बनाएको रेकर्ड सम्भवतः कसैले पनि तोडन सक्दैन् ।  

उनकाे उमेर भएकाले पनि अर्काे बिश्वकप मज्जासँग खेल्न सक्नेछन । उनले साे बेला पनि धेरै गाेल गर्न सक्ने सम्भावना कायमै रहेकाे छ । जसका कारण उनले याे विश्वकपवाट हासिल गरेकाे उचाइ अर्काे बिश्वकपमा पनि हासिल गर्नेछन् ।

त्यसैले अहिले नै याे अनुमान गर्न सकिन्छ कि विश्वकपमा अब एम्बाप्पेकाे रेकर्ड अब कसैले ताेडन सक्दैनन्, उनी गाेलका मामिलामा सर्बकालिक भएर बसिरहने छन ।