सप्तरीमा थपिए कांग्रेसका १५ हजार क्रियाशील सदस्य

सप्तरीमा थपिए कांग्रेसका १५ हजार क्रियाशील सदस्य


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सप्तरीमा कांग्रेस २१ हजारभन्दा बढी सूचीकृत मतदाता सक्रिय सदस्य थपिएका छन । राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति रामदेव साहले जिल्लामा हाल २१ हजार ३१ जना सूचीकृत मतदाता सक्रिय सदस्य बनेको जानकारी दिएका छन ।

यसअघि जिल्लामा करिब ९ हजार सक्रिय सदस्य थिए । तीमध्ये ६ हजार जनाले मात्र सदस्यता अद्यावधिक गराएको उनले जानकारी दिए । सभापति साहले १५ हजार ३१ जना सूचीकृत मतदाताले अनलाइन प्रणालीमार्फत नयाँ सक्रिय सदस्यता लिएको बताए ।

सदस्यता अद्यावधिक नगर्ने केही व्यक्ति अन्य दलमा गएको हुन सक्ने तथा विभिन्न कारणले सदस्यता नवीकरण गर्न नसकेको उनको भनाइ थियो। पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सप्तरीका केन्द्रीय पर्यवेक्षक रामपलटन साहले पार्टीले अनलाइनमार्फत सदस्यता अभियान सञ्चालन गर्दा १५ हजारभन्दा बढी नयाँ सदस्य आबद्ध हुनु कांग्रेसप्रति जनविश्वास र लोकप्रियता अझै कायम रहेको संकेत भएको बताएका छन ।

पार्टीका केन्द्रीय सदस्य तथा निर्वतमान प्रतिनिधि सभ सदस्य दिनेश कुमार यादवले पनि पार्टीभित्र कुनै विवाद नभएको ‘जिल्ला तहमा हामी एक भएर अघि बढिरहेका छौं ।’ उनले भने ।