चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित


ग्लोब नेपाल
0
Shares

काठमाडौं। धादिङको सदरमुकाम धादिङबेँसीसँग सडक सम्पर्क पुनः स्थापित भएको छ। गत बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले पुल बगाएपछि धादिङ सदरमुकामसँग सम्पर्क विच्छेद भएको चार दिनपछि सडक सञ्चालनमा आएको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहालका अनुसार आजदेखि धादिङ सदरमुकाम धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। “परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएको हो। योसँगै धादिङ सदरमुकाम धादिङबेँसी पुनः सडक सञ्जालमा जोडिएको छ,” उनले जानकारी दिँदै भनिन्।

गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीले धादिङबेँसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो।